पासाङ् नाम्गेल शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुईवटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किएका छन् । 

विहीबार नेपाल पर्वतारोहण संघले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वागत गरेका हुन् । उनी आठ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुन् । 

Photo (8) 27

सोही क्रममा उनले यो १६ वटा चुचुराहरुको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताए । 

उनले भने, ‘मलाई सबै १६ वटा चुचुराहरुको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउदा खुशी लागेको छ ।’ 

यसको साथै, उनले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरु चढ्ने सोचमा रहेको बताए ।