नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार आज  अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा रहेको छ। त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ १२ पैसा र बिक्री दर १७२ रुपैयाँ ८९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।