मोरङको केराबारी-९ स्कुल चौकमा सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। स्थानीय मनोज पण्डितकी ६ वर्षिया छोरी प्रतिमा पण्डितको सर्पले टोकेर मृत्यु भएको हो। 
प्रतिमालाई बुधवार आज साँझ शौचालयमा गोमन सर्पले टोकेको थियो। उपचारका लागि तत्काल इटहरी लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विराटनगर कोसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकहरूले मृत घोषित गरेका थिए। बालिकाको मृत्युको खबरले यति बेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ।