नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडले जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन भन्दा बढि क्षेत्रमा लगानी विस्तार गरेको बताएका छन् ।  

आज (बुधबार) आइएमई लिमिटेडको संयुक्त कारोबार शुभारम्भ कार्यक्रममा उनले रेमिट्यान्स सेवाबाट व्यवसायीक यात्रा सुरु गरेको आइएमई लिमिटेडले आफ्नो लगानी सेवामूलक कार्यमा लगाएको बताएका हुन् । 

उनले  भने,  ‘आइएमई लिमिटेडले  जनताको  आवश्यकता र  प्राथमीकतामा रहेका विभिन्न डेढ दर्जन बढि क्षेत्रमा लागानी विस्तार  गरेको  छ । रेमिट्यान्स सेवाबाट व्यवसायीक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ ।’

साथै, उनले आइएमई ग्रुप बैंक तथा वित्तिय संस्थाहरुसँग सक्रिय रहेको बताए ।  उनले, सुरुवाती समयभन्दा अहिले ८० प्रतिशत भन्दा बढी राजश्व भित्र्याएको बताए । 

उनले भने, ‘आइएमई ग्रुप अन्र्तगत रेमिट, बैंक तथा वित्तिय संस्थाहरु केवलकार, होटल तथा रेष्टुरेन्ट, जलविद्युत, अटोमोबाइल, बिमा, शिक्षा, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी सक्रिय रहेका छन् ।’