नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग बिदाई भेट गरेकी छन् ।  

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेकी हुन् ।

भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन् ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।