झापाको भद्रपुर नगरपालिका-१ स्थित रहेको देवि खोलामा खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
आइतबार साँझ ५ बजे स्थानीय महेश रसाईलीको ९ वर्षीय छोरा सौरभ रसाईली खोलामा खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा स्थानीयलेदेखि खोलाबाट बाहिर निकाली उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।