अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।
हेलिकप्टरमा पाइलटमात्र सवार थिए। उनको घटनास्थलमै मृत भएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हेलिकप्टर दुर्घटना भएपछि आगलागी भएकाले होटलबाट करिब ४०० जनालाई बाहिर निकालिएको थियो।
होटलका ८० र ७० वर्षका दुई जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरुको अवस्था सामान्य छ।
प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार पानी परिरहेका बेला हेलिकप्टर बत्ती नबाली निकै तलबाट आएको थियो र होटलको छतमा ठोक्किएको थियो। त्यसपछि हेलिकप्टरका दुईवटा पङेखा भाँचिएर स्विमिङ पुलमा खसेको थियो।