शुक्रबार बिहान मोरङसहित पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
कोशी प्रदेशको राजधानी विराटनगरसहित आसपासका जिल्लामा भारतको किक्किम केन्द्र भएर गएको भूकम्पको धक्का महसुस भएको हो। शुक्रबार बिहान ७ः१२ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
४ दशमलव ५ म्याग्निच्यूटको भुकम्प गएको भारतको केन्द्रीय यूरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले उल्लेख गरेको छ।
भूकम्पको केन्द्रबिन्दु दार्जिलिङ भन्दा २२ किलोमिटर टाढा पर्छ। यो नेपालको सीमा क्षेत्र भएकाले नेपालका केही जिल्लामा धक्का महसुस भएको हो।