धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुली फिक्कल गाउँपालिका वडा नं ३ घर भई हाल काठमाडौँ महानगरपालिका २१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका वडा नं ४ घर भइ हाल काठमाडौं महानगरपालिका २१ आलोकनगर नै बस्ने २६ का कुमार पण्डित र दार्चुला बाँज घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेम सिंह महरालाई प्रकाउ गरेको हो।
आइतबार (हिजो) काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत केसीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए।
प्रकाउ परेकाहरुको साथबाट एक थान खुकुरी र मोबाइल दुई थान फेला परेको प्रहरीले जनाएको छ।