मुलुकभर हैजा संक्रमितको सङ्ख्या
२७ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण
महाशाखा (ईडीसीडी) का अनुसार मुलुकभर
संक्रमितको सङ्ख्या २७ पुगेको हो ।
सबैभन्दा बढी ललितपुरमा १६ र काठमाडौंमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ
।
यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई
हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको
ललितपुरमै गणना गरिएको छ ।
गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य
रोग फैलिने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह
गरेको छ । महाशाखाले हैजासम्बन्धी
कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ
।