आज साउन महिनाको तेस्रो सोमबार। बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा छ। यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।
आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरुको घुइँचो लागेको छ। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा ब्रतालु तथा श्रद्धालुको भीड लागेको हो। यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुबै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ।
आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ। उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।