काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ। घरेलु टिम नेपाललाई इरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो।
आइतबार दशरथ रङ्गशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो।
पहिलो, तेस्रो र पाँचौ सेट इरानले जित्यो। दोस्रो र चौथो सेट भने नेपालले जितेको हो। नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो। नेपालले ४–० को अग्रतासहित सुरु गरेको दोस्रो सेट २५–१६ ले जित्यो।
तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो। नेपालले ६–२ को अग्रता लिँदा इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कदै ११–१० को स्थितिमा ल्यायो। उक्त सेट इरानले २५–२३ ले जित्यो। चौथो सेट नेपालले २५–१५ ले जित्यो। पाँचौ सेटमा १५–१३ ले इरानले जितेको हो।
यसअघि नेपालले श्रीलङ्कालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो। पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको इरानले दोस्रो खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो। नेपालको यो भने पहिलो हार हो।