मोरङको रंगेली नगरपालिका–२ स्थितमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान गाउँपालिका–३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन्।
आइतबार बिहान पौने १० बजे बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को।१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो। घाईते भएका ठाकुरको उपचारको क्रममा रंगेली अस्पताल रंगेलीमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता,डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न बस र चालक कन्काई नगरपालिका–१ झापाका ५७ बर्षीय ईन्द्र प्रसाद मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता,डीएसपी बस्नेतले बताए।