बुबाको १३ दिने काममा बसेका झापाको शिवसताक्षीका एक व्यक्तिको निधन भएको छ। 

झापाको शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियामा बसेको समयमा नै निधन भएको हो।

किरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेपछि उपचारका लागि आइतबार विराटनगर टिचिङ अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा सोमबार साँझ मृत्यु हो। 

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको श्रावण ७ गते उपचारको क्रममा निधन भएको थियो। 

बुबाको ८ औँ दिनको काम गर्दा गर्दै जेठा छोरा गणेशको पनि निधनले घिमिरे परिवार थप शोकमा डुबेको छ।