समाजिक सेवा समर्पित संस्था रोटरी क्लब अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ। धरान १४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाताभित्र रोटरी क्लब अफ घोपाले वृक्षरोपण गरेको हो।

1 6क्लबले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफुलका बिरुवा रोपेको हो। पिण्डेश्वर विद्यालय र पिद्यापिठ परिसरमा विभिन्न फलफुलका २ सय बिरुवा रोपेएिको हो। क्लबले लिचि, एभोकाडो ,चिउरी,जामुन लगाएतका फलफुलका बिरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए।

4 2जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रम गरिएको कार्यक्रमका संयोजक प्रदिप कुमार श्रेष्ठले जानकारी दिनु भयो। विशेष गरी पिद्यापिडमा र विद्यालय दुबै आवसिय भएकोले यहाँ अध्ययन गर्ने तथा होस्टेलमा बस्ने विद्यार्थीहरुलाई लक्षित गरी फलफुलको बिरुवा रोपेको संयोजक श्रेष्ठले बताए। वृक्षरोेपण कार्यक्रममा प्राध्यापक डाक्टर चन्द्रमणि नेपाल, कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थ, क्लबका पदाधिकारी सदस्य लगाएकातको सहभागिता रहेको थियो। 

5 1 3 4