कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्ने वीरेनद्रनगर नगरपालिका–१३ मा वर्षाका कारण एक कच्ची घर भत्किएको छ।
वडा नम्बर १३ करेखोलामा स्थानीय खम्म बुढाको कच्ची घर वर्षाका कारण भत्किएको हो।वर्षाका कारण घर भत्किँदा बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन्।
घर भत्किएर बालिका च्यापिएको खबर पाउँनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलालाई घाइते अवस्थामा सकुशल उद्धार गरेको छ।
घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।