नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूले  पाठ्यक्रम बदल्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन्। 

बिहीबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अगाडि गुणस्तरीय शिक्षा विद्यार्थीको हक भएको भन्दै राम्रो र गुणस्तरयुक्त पाठ्यक्रमको माग गर्दै प्रदर्शन गरेका हुन्। 

3 3उक्त प्रदर्शनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्घका अध्यक्ष महेन्द्र खड्काले फागुन १३ गते १९ बुँदे माग बुझाए पनि कुनै पनि ठोस समाधान नभएपछि आन्दोलनको सुरुवात गरेको बताए। 

6उनले आन्दोलनबाट समस्या समाधान नभए आमरण अनशनको सुरुवात गर्ने पनि बताएका छन्। 

उनले भने, ‘हामीले फागुन १३ गते १९ बुँदे माग बुझाएका थियौँ, तर कुनै पनि ठोस समाधान नभएपछि हामीले आन्दोलनको सुरुवात गरेका छौँ। यदि यति गर्दा पनि सुनिएन भने अध्यक्ष भएको हैसियतले आमरण अनशन बस्नेछु र जबसम्म हाम्रो मागहरू पूरा हुँदैन तबसम्म अनशन तोड्दिन।’ 

यस्तै, उनले नयाँ पाठ्यक्रम सँगै परीक्षा क्रममा बिदा हुनुपर्ने माग पनि गरेका छन्। 

7 1उनले भने, ‘हाम्रो समस्याहरू राष्ट्रिय करण हुन सकेन, हाम्रो देशमा लगातार ८ दिन परीक्षा हुन्छ एक दिन पनि बिदा नभई यो अरू कुनै देशमा हुँदैन। हामी यसरी सधैँ पेलिन सक्दैनौं भन्ने हिसाबमा हामीले यो आन्दोलन सुरु गरेका हौँ । अर्को कुरा भने हामीलाई १९९७ को किताब अझै पढाइ रहेको छ। जब की विश्वमा २०१९ भन्दा अगाडीका किताबहरू छैन। हाम्रो किताबहरू सुधार हुनुपर्‍यो, हामीले परीक्षा दिन १ हजार दिनुपर्छ तर त्यही परीक्षाको कपी हेर्छु भन्दा ७ हजार तिर्नुपर्छ। यो पनि हटाउनुपर्छ।’ 

1 5यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी सङ्घको उपाध्यक्ष सोफिया श्रेष्ठले नेपालमै बसेर केही गर्छु भन्नेहरूको लागि वातावरण राम्रो बनाउनुपर्ने भन्दै माग सम्बोधन नभएसम्म पछि नहट्ने बताइन्। 

5उनले भने, ‘चार्टर्ड एकाउन्टेन्ट्सका विद्यार्थीहरूले पढ्ने पाठ्यक्रम धेरै पुरानो भइसकेको छ। अन्य शिक्षामा ६, ६ महिनामा परिवर्तन हुन्छ तर यसमा परिवर्तन भएन, हामीले पुरानै विषयवस्तुहरू पढ्नु परेको छ। हामी नेपालमै बसेर केही गर्छु भन्नेहरूको लागि वातावरण राम्रो बन्नुपर्‍यो नयाँ पाठ्यसामग्री हुनैपर्यो। हाम्रो माग सम्बोधन नभएसम्म हामी पछि हट्दैनौ।

4 12 4