त्रिशूली नदीमा बेपत्ता भएको एन्जल बसकी यात्रु सृष्टि यादवको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ। घटनाको ८ औँ दिनसम्म पनि सृष्टि फेला नपरेपछि परिवारले शुक्रबार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन्। 

कलैया उपमहानगरपालिका–१४ जितपुटोलकी सृष्टिका अभिभावकले कुशको शव बनाएर पसाहा खोलामा दाहसंस्कार गरेका छन्। शव फेला नपरेपछि धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको उनका बुबा जगदीश यादवले बताए।

सृष्टि पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रूपमा कार्यरत थिइन्। उनी विदेश जानको लागि परीक्षा दिन काठमाडौँ जाँदै गर्दा सो घटनामा परेकी हुन्।