बेलबारी : मोरङको बेलबारी नगरपालिकामा रहेका धिमाल समुदायका गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। धिमाल प्रथम जाति व्यवस्थापन समिति र धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिको आयोजनामा सम्पन्न एक कार्यक्रमका बीच १५ जना विद्यार्थीलाई जनही १० हजार ६ सय रुपियाँका दरले छात्रवृत्ति वितरण गरिएको हो। बेलबारी नगरपालिकाबाट प्राप्त दुई लाख रुपियाँको सहयोगबाट छात्रवृत्ति वितरण गरिएको आयोजकले जनाएको छ।

d6छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै धिमाल जातीय विकास केन्दका्र बेलबारी नगर अध्यक्ष शिवनाथ धिमालले धिमाल जाति अल्पसङ्ख्यक जाति भएकाले सो जातिको उत्थानका लागि नगरपालिकाबाट छात्रवृत्ति वितरण गरिनु प्रशंसनीय रहेको बताए। नगरभरका १५ जनालाई मात्र छात्रवृत्ति दिनु पर्याप्त नहुने भन्दै उनले छात्रवृत्तिको कोटा बढाउन नगर सरकारलाई आग्रह गरे। १० हजार ६ सय रुपियाँको छात्रवृत्तिले विद्यार्थीको अध्ययनको खर्च धान्न कठिन हुनसक्ने बताउँदै उनले छात्रवृत्तिको रकमसमेत बढाउनुपर्ने जिकिर गरे।

d3यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि धिमाल जातीय विकास केन्द्रका सङ्घीय सहअध्यक्ष केदार धिमालले विद्यार्थीहरूमा धैर्य र पठन संस्कृतिको अभाव रहेको बताए। धिमाल जातिको अग्रज पुस्तासँग जमिन संरक्षण गर्नुपर्छ भन्ने चेत नहुँदा अहिलेको पुस्ता सुकुम्बासी बन्नुपरेको तर्क गर्दै उनले ज्ञानको दायरा बढाउन अध्ययनमा ध्यान दिनुपर्ने धारणा राखे। शिक्षा प्रणाली कमजोर हुँदा प्रतिस्पर्धी जनशक्तिको उत्पादन न्यून भएको भन्दै सहअध्यक्ष धिमालले शिक्षा प्रणालीलाई समयानुकूल परिमार्जन गरिनुपर्ने उल्लेख गरे।

d1कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले नगर सरकारका चार र सङ्घीय सरकारको एक गरी बेलबारीका विद्यार्थीलाई पाँच प्रकारका छात्रवृत्ति दिने गरिएको बताए। आर्थिक स्रोतको अभावमा विद्यार्थी अध्ययनबाट बञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले कक्षा ११ का ११ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको बताए। बेलबारी बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा भर्ना हुने सबै विद्यार्थीको शुल्क नगरपालिकाले नै तिर्ने व्यवस्था मिलाइएको बताउँदै नगरप्रमुख राईले विद्यार्थीको अध्ययन क्षमता र आर्थिक अवस्था विचार गरी अन्य वर्षमा पनि छात्रवृत्तिलाई निरन्तरता दिन सकिने स्पष्ट पारे।

d4धिमाल प्रथम जाति व्यवस्थापन समितिकी अध्यक्ष रुक्मणी धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान कोषाध्यक्ष नरबहादुर धिमाल, स्थानीय आदर्श स्कुलका सेयर सदस्य शेरबहादुर धिमाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सचिव टिका धिमालले सञ्चालन गरेका थिए।

d8d9