बेलबारी : मोरङको बेलबारी नगरपालिकामा पर्ने बेलबारी चिसाङ साझेदारी वन क्षेत्रमा हिजो मङ्गलबार बेवारिसे अवस्थामा वन सुरक्षाकर्मीको टोलीले फेला पारेका अन्दाजी ७५ वर्षीय जामुनलाल ऋषिदेवलाई छोराबुहारीले जङ्गलमा छोडेको खबर झुटो भएको पाइएको छ। उनलाई छोराबुहारीले जङ्गलमा लगेर छोडेको नभई उनी आफैँ जङ्गलमा पुगेको उनको स्थायी बसोबास रहेको सुन्दरहरैँचा नगरपालिकाको १ नम्बर वडा कार्यालयले बताएपछि छोराबुहारीले जङ्गलमा पुर्याएको दाबी झुटो प्रमाणित भएको हो।सो वडाका वडाध्यक्ष राम विश्वासका अनुसार जामुनलालका छोरा जलुवा ऋषिदेव हाइड्रोसिलबाट पीडित रहेको र मोटरसाइकल चलाउनसमेत नजान्ने भएकाले उनले आफ्ना बाबुलाई जङ्गलमा लगेर छोड्ने कुनै सम्भावना छैन। यता, बाबुलाई जङ्गलमा छोडेको आरोप लागेका जलुवाले पनि आरोपको खण्डन गरेका छन्। सवारीसाधन चढ्नभन्दा पैदल यात्रा गर्न बढी मन पराउने आफ्ना बाबु पैदलै हिँडेर बेलबारी नगरपालिका ७ स्थित हल्दीबारीमा रहेको आफन्तको घर पुगेर फर्कीएकोमा आफूमाथि मिडियाले निराधार आरोप लगाएको उनको गुनासो छ।

2 2

मंगलबार बेवारिसे अवस्थामा फेला परेका जामुनलाल ऋषिदेवलाई वन सुरक्षाकर्मीको टोलीले नियमित गस्तीका क्रममा फेला पारेपछि बेलबारी नगर अस्पतालमा अस्पताल पुयाईएको थियो। उनलाई थप उपचारका लागि मंगलबार राती करिब १० बजे सुन्दरहरैंचा १ स्थित नगर अस्पताल लगिएको थियो।  हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा खटिएका डाक्टर सरोज मण्डलले बिरामीको बाहिरी घाउ खटिरामा सुधार आएपनि मृगौलामा समस्या देखिएको बताएका छन्।

451452570_1230048184988581_7521372249282262537_n

घटनाको विषयमा इलाका प्रहरी कार्यालय बलबारीले थप अनुसन्धाा गरिरहेको छ। प्ररम्भिक अनुसन्धानले छोरा बुहारीले जंगलमा छाडेको भन्ने कुरालाई पुष्टी गर्ने कुनै आधार नभेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ। ती बृद्धका छोरा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छन्।