त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटरड्रोन क्यामरा प्रयोग गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार बिहानैदेखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र वाटरड्रोन क्यामरा प्रयोग गरिएको हो।

टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटरड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। र्‍याफ्टबोट जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज बेपत्ताको खोजी कार्यमा परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन्।