प्रतिनिधिसभाको विश्वास गुमाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्।

लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा संविधानको धारा ७६(२) अनुसार आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेका छन्।

आइतबारसम्म उनी प्रधानमन्त्री नियुक्त हुनेछन्। एमाले प्रमुख सचेतक महेश बर्तौला भन्छन्, ‘यो पटक सके पहिलो चरणमा, नभएमा दुई चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहन्छौं। हामीसँग फुर्सदमा काम गर्ने छुट पनि छैन।