पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार गरिएको छ। अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ ठाँटी तल्लोकोटमा मृत्यु भएका सबैको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो। 

स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो। पहिरोका कारण कास्कीमा ११ जनाको मृत्यु भएको थियो। पहिरोमा परी पोखरा–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको थियो भने अन्य ४ जनाको पनि पहिरोका कारण मृत्यु भएको थियो।