उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन्।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरी ती स्थानहरूमा रात्रि बस संचालन नगर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको जानकारी दिएका छन्।

लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरू परिचालन गरिएको जानकारी गराएका छन्।

उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन्। साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तीव्र रूपमा गरिरहेको संसदमा जानकारी गराएका छन्।