मोरङ प्रहरीले सुन्दरहरैँचामा कुखुरा फर्मका सञ्चालकको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

डीएसपी बस्‍नेतका अनुसार  उनीहरूले सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेको थिए। पक्राउ परेकाहरु मृतकको फर्मका कामदार दम्पत्ति हुन्।

बजगाईंले सुन्दरहरैँचा–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएका थिए।