प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला खोज उद्धारमा लाग्नुपर्ने बेला विश्वासको मत लिने, सरकार परिवर्तन विडम्बनापूर्ण रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाका विश्वासको मत लिने क्रममा उनले अविरल वर्षा बाढी पहिरोका कारण चितवन नारायणगढको बिचमा, कास्की, म्याग्दी लगायतका क्षेत्रमा ठुलो क्षति भएको बताए। 

आफूले घाइतेको उद्धार, उपचार र राहतका लागि निर्देशन दिएको बताए । मौसम विभागबाट विपद्को घटना बढ्न सक्छ भन्ने प्रक्षेपण गरेपछि सरकारले आवश्यक तयारी गरेको बताए। 

विपक्षीहरूले राजीनामा मागिरहेको अवस्थामा पनि नेपाली सेना, सशस्त्र प्रहरी सहित लगायतका सुरक्षाकर्मीसहितको बैठक राखेको बताए।