रौतहटको गढीमाई नगरपालिका-६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो दुर्घटना भएको हो।

भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप आज बिहान ९ बजे गढीमाई नगरपालिका-६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा नहरबाट तल पानीमा झरेको थियो। जीपमा १२ जना सवार रहेका थिए।