प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढी पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए।
उनले भने, ‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ। यो बाढि पहिरोले सडक अवरूद्द गरेजस्तै सदनमा सरकारले त्यो पहिरो भन्दा बढी अवरुद्ध गरेको छ। यसलाई हामीले छिटो भन्दा छिटो पन्छाउनुपर्यो।’उनले ओखलढुंगाको पहिरे खोलामा पुल निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। उनले पहिरे खोलामा पुल नहुँदा आफ्नो फोटो राखेर रिपसमेत लेखेकोमा दुस्ख लागेको जिकिर गरे।
उनले अहिले जिल्लाका बोटाहरू तथा सडकहरू रोपाँइ गर्ने खेत जस्तो भएकाले त्यसलाई पनि छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे।




















