वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय हुने फैसला भएको छ। काठमाडौँ जिल्ला अदालतले सोमबार बलात्कार मुद्दामा गिरीलाई ७ वर्षको जेल सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले गिरीलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको जानकारी दिए। सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना पटकपटक शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो।
यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय हिजो जेठ २८ गते तोकिएको हो।