मध्य तथा पश्चिमी तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ।

महाशाखाले आज तातो दिन र तातो लहरसम्बन्धी विशेष बुलेटिन प्रकाशित गरी ती भू-भागमा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म तीन दिन तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको हो।