प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। समसामयिक राजनीति र आर्थिक वर्ष २०८१र८२ को बजेटबारे उनीहरूबीच छलफल भएको स्रोतले बताएको छ।

सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सार्वजनिक असन्तुष्टि जनाएका छन्। उनले ‘जनयुद्धकालीन बजेट’ भनेर आलोचना गरेका थिए।

बजेटमा ओलीले गरेको टिप्पणीमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको गुनासो रहेको निकट स्रोतले बताए। आजको भेट पनि यही विषयमा केन्द्रित भएको स्रोतको दाबी छ।