सुनचाँदी व्यवसायीहरू सडकमा उत्रिएका छन्।
१४ वर्ष देखि लागु गरिएको सिन्डिकेट र नयाँ बजेटमार्फत सुनमा लगाइएको भन्सार वृद्धिको विरोधमा संयुक्त सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समिति आन्दोलित भएको हो।
दुवै संगठनले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।
सुनमा लगाइएको सिन्डिकेट तुरुन्त खारेज गर, सुनमा अव्यवहारिक भन्सार वृद्धि तुरुन्त खारेज गर, सुनचाँदी व्यवसाय तथा कालीगढ मैत्री निति(निर्देशिका र ऐन लागु गरसहितका माग उनीहरूले प्रदर्शन गरेका हुन्।