सुनसरीको इनरुवामा तत्काल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ।

मंगलबार राति करिब १० बजेको समयमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ हलेसी चौक नजिकै भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको हो।

मृतक प्रहरी जवान राजु खड्का जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत थिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीका अनुसार नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते खड्काको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।