झापाको बिर्तामोड नगरपालिका–४ स्थित अदुवा पुल नजिकै एक महिला मृत फेला परेकी छिन्।

मेचिनगर नगरपालिका वडा नम्बर १ घर भइ बिर्तामोड बजार एरियामा दिन भरि कबाडिका सामान बटुली बिर्तामोड नगरपालिका वडा नम्बर १ अदुवा पुल नजिकै रहेको राष्ट्रिय बाणिज्य बैकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशिको श्रीमती अन्दाजी ३५ बर्षकी सुनिता मडि मृत अबस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। थप अनुसन्धान भइरहेको छ ।