बेलबारी । लेखक तथा खोजकर्ता गोविन्द हुक्पा चोङबाङको पालामसङ्ग्रह ‘मायाको सृष्टि’ सार्वजनिक भएको छ । आदिवासी जनजाती सभाहल, बेलबारीमा सम्पन्न एक कार्यक्रममा आज उक्त पालाम कृतिको लोकार्पण गरिएको हो ।
IMG_9511
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बेलबारीका अग्रज स्रष्टा इरान राई, विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी, प्रलेस नेपाल कोसी प्रदेश अध्यक्ष तिला लेकाली, अनुसन्धाता मदन हुक्पा चोङबाङ, देवेन्द्र खापुङ सुर्केली, किराँत याक्थुङ मोरङ अध्यक्ष डि.वी. कुरुम्बाङ, किराँत याक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्का मोरङका अध्यक्ष ज्योति हाङश्रोङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजीत पराजुली, किराँत याक्थुङ चुम्लुङ नगर समिति बेलबारीका कार्यबाहक अध्यक्ष चन्द्रकला लिम्बू, कलाकारहरू श्याम गौतम, शिव छाङ्छा राई, मेखराज कार्की लगायतको उपस्थिति रहेको थियो ।IMG_9580

लोकार्पित कृति माथि मदन हुक्पा चोङबाङ र देवेन्द्र खापुङ सुर्केलीले कृति माथि टिप्पणि गरेका थिए । टिप्पणिकर्ताले लेखक चोङबाङको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरेका थिए ।IMG_9594
त्यस्तै कार्यक्रममा गायक श्याम गौतम र पालाम गायिका मोति चोङबाङले पालाम गाएकी थिइन् ।

कार्यक्रममा पालाम गायनका साथै लिम्बूहरूको सांस्कृतिक नृत्य धाननाचको प्रस्तुतिसमेत रहेको थियो ।  
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने आयोजक संस्थाका सचिव उमा सिजापती र सहआयोजक संस्था किराँत याक्थुङ चुम्लुङ नगरकमिटि सचिव कृष्ण मेन्याङवोको रहेको थियो ।IMG_9573

आठराई –२, खाम्लालुङ, तेह्रथुममा जन्म भई पछिल्लो समय मोरङको बेलबारीलाई कर्मथलो बनाएर समाजसेवाका साथमा कलम चलाउँदै आएका चोङबाङका यस अघि नै याःलाक पालाम (२०५०) र आनि साक्थीम नु सङहा? (२०६२) कृति प्रकाशित भएका छन् । IMG_9578
IMG_9571