मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ। हिजो बेलुका सँवा ६ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित २ नं. ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जिल्ला अररिया ठगपुरा पञ्चायत बस्ने २६ बर्षीय मनोज ऋषिदेवलाई लागुऔषध ब्राउन सुगर १७.२३ ग्राम सहित पक्राउ गरेको हो।
यसैगरी हिजो बेलुका साढे ७ बजे विराटनगर महानगरपालिका १५ स्थित १ नं. ढाँटबाट लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका १ बस्ने २३ बर्षीय उज्वल गजमेरलाई लागुऔषध एभिल-१० एम्पुल, लुपिजेशिक-१० एम्पुल, फेनारागन-१० एम्पुल, डाइजोपाम-१० एम्पुल सहित पक्राउ गरेको छ।
यसैगरी हिजै राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ताबाट प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ जलजले बस्ने २३ बर्षीय मो.सकिर अलिलाई लागुऔषध प्रोर्मेथाजिन १४ एम्पुल, डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल सहित पक्राउ गरेको छ। पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ।