मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो दिउँसो ३ बजे बिराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने बिराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ।