प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगित भएको छ। यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो। 

दोस्रो पटक बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिनुभएको थियो। 

सभामुखले सो अनुमति दिने वित्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो। 

प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ।