उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो अपरान्ह ४ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा-६ का २७ बर्षीय  बिरेन्द्र मरिकलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम र ब्रुपिनफिन गरी जम्मा १५ एम्पुल नियन्त्रित औषधी सहित मरिकलाई पक्राउ गरेको हो। 

त्यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउँसो ११ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री ईटरुवाविष्णुपुर गाउँपालिका-४ सप्तरीका २७ बर्षीय जगर्नाथ दासलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम, र लेजेसिक गरी जम्मा ६० एम्पुल नियन्त्रित औषधी फेला पारी पक्राउ गरेको हो। पक्राउ परेका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।