मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ। 

हत्या हुनेमा सिरहा घर भई हाल विराटनगर महानगरपालिका-४ मा डेरामा बस्दै आएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको छ। 

उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको थियो। शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको छ।

प्रहरीका अनुसार दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ। उनको हत्यापछि शव छाडेर व्यक्ति फरार भएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले जानकारी दिएका छन्। यसबारे थप अनुसन्धान भइरहेको छ।