नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सहमति भएको छ।
नेकपा एमालेका एक प्रभावशाली नेताका अनुसार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा दुई पार्टीबीच सहमति भएको छ।
त्यसका लागि आजै नयाँ सरकार बनाउने र एमालेका नेता पनि सहभागी हुने निर्णय भएको छ। एमाले नेता सुरेन्द्र पाण्डेले पनि आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने सामाजिक सञ्जालमार्फत बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन्। अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन्।