मोरङको सुन्दरहरैँचा नगरपालिका-७ ठडियास्थित सडकमा इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४०३४ नम्बरको बसको ठक्करबाट पैदलयात्री भारत लुवाघाट बस्ने ५२ वर्षीया मिरा कुमारी श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।