इलाम नगरपालिका-९ बाट १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ।
महिनावारी हुँदा बढी रक्तस्राव भएपछि अस्पताल गएकी बालिकालाई डाक्टरले सोधपुछ गर्दा आफू बलात्कृत भएको बताएकी थिइन्। घटना थाहा पाएपछि डाक्टरले प्रहरीलाई खबरका थिए।
प्रहरीले बालिकाकी आमालाई खबर गरेको र आमाले जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएकी थिइन्। बालिकाका आमाबुवा दैनिक ज्याला मजदुरी गर्ने गरेका छन्।
बालिकाले गत मङ्सिर देखिनै विभिन्न मितिमा विभिन्न व्यक्तिहरूले बलात्कार गरेको भनेर प्रहरीलाई बताएकी छिन्। त्यही आधारमा उनीहरुलाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा १८ देखि ६० वर्ष सम्मका रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको पहिचान प्रहरीले तत्काल गोप्य राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
विभिन्न प्रलोभनमा पारेर बालिकामाथि बलत्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको।