रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ।
ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि कर्फ्युको क्षेत्र विस्तार गरिएको रौतहटका प्रजिअ हिरालाल रेग्मीले बताए।
शनिवार साँझ ५ बजेबाट ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा लगाइएको कर्फ्यु थप ६ वटा वडामा बिस्तार गरिएको छ। ईशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ४ र ५ मा बिस्तार गर्ने निर्णय गरिएको छ।
मस्जिदमा अराजकता बढ्ने सम्भावना देखिएपछि कर्फ्यु क्षेत्र विस्तार गरिएको प्रअिज रेग्मीले जानकारी दिए । हिन्दु समूहले मस्जिदको माइकल निकाल्न खोजेको सूचना आएपछि स्थापना प्रशासनले अराजकता बढ्ने विश्लेषण गरेको छ।
ईशनाथ नगरपालिकाको पूर्वमा हनुमान मन्दिर (बन्जरहा मोड), पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप बिओपी देखी दक्षिण जमिल अख्तरको बोरिङ र दक्षिण क्षेत्रमा एपिएफ बिओपी देखी जयनगरसम्मको सिमानामा कर्फ्यु आदेश जारी गरिएको छ।