आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् ।

करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् । उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिएका छन्।

सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झक-झकाउन आएको बर्दियाका पीडित जीवन सुनारले बताए । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए ।

आज थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिएका छन्।