संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको कार्यकक्षमा आफैँ सरसफाइ गरेका छन्। उनले समाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै बिहानी पख आफ्नै कार्यकक्ष शृङ्गार गरेको उल्लेख गरेका छन्।
बागमती सरसफाइ अभियानमा प्रत्येक हप्ता फोहोर टिपेर भाइरल भएका किरातीले शुक्रबार बिहान कार्यकक्ष सरसफाइ गरिरहँदा नजिकै रहेकी कर्मचारी समान सार्नमा व्यस्त थिइन्।
उनले जाडोमा चाँडो कार्यालय आउँदा रिस उठ्छ कि उठ्दैन भनेर कर्मचारीलाई सोधिरहेका देखिन्छन्। कर्मचारीले गाह्रो लाग्दैन भनेर जवाफ दिन्छन्। किरातीले काम देशका लागि गर्नुपर्छ भनेर हौसला दिन्छन्।
किरातीले कर्मचारीको परिवारका बारेमा पनि सोधपुछ गर्दै यस्तो काम गरेको कति भयो भनेर सोधपुछ गरेको देखिन्छ। कर्मचारी भने हाँसिरहेकी देखिन्छ।