नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ।

निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो। पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टितेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल र मट्टितेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको निगमले सूचनामा जारी गरेको छ ।