बेलबारी । नेपाली कांग्रेसका सांसद डा. सुनिल कुमार शर्माले आफु मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पश्चात बिरामीहरुका लागि ५० शैयाको निशुल्क क्याविन संचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
जनतामाझ गरेको उक्त वाचालाई उनले आफु निर्वाचित भएको भोलिपल्टै पुरा गरेका छन् ।
चुनावमा मतदातासँग भोट माग्ने क्रममा उनले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैयाको क्याबिन निःशुल्क संञ्चालन गर्ने घोषणा गरेका हुन् । शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यलयबाट प्रमाणपत्र पाएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गरेका हुन् ।C63F0336-A5E3-4208-80FC-869D58F88526
‘हिजोका दिनमा सेवा लिन आउँदा सिफरिस चाहिन्थ्यो । राजनीतिक रुपमा सम्पर्क नभएकाहरुले सेवा लिन निकै सास्ती भोग्नु पथ्र्यो । अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउने,’ उनले भने ।
सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक वाचा पूरा गर्ने गरी काम सुरु गरेको बताए । शर्माले मोरङ ३ बाट पूर्वमन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराएका थिए । उनी ४८ हजार ६३१ म्त प्राप्त गरी विजयी हुदाँ निकटतम प्रतिद्धन्द्धी ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका थिए ।