सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर असार २ गलेबाट १ सय अंकित मूल्यमा ३ लाख किता आईपीओ निष्कासन बन्द छिटोमा असार १६ गते हुने भनीएको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको गाउँपालीका र गल्कोट नगरपनलीकाका स्थानिय बासीन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीय प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापीटलको काठमाडौं लाजिम्पाटस्थित कार्यलयलाई आवेदन संकलन केन्द्र तोकिएको छ ।