मोरङ । विगत लामो समय देखि सरकारी तथा ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासी भुमिहिन, दलित तथा अव्यवस्थित बसोवासीलाई सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले निस्सा प्रदान गर्ने कार्यको थालनी गरेको छ ।
पहिचान भएरका र जग्गा प्राप्ती लागि निवेदन दिएका सुन्दरहरैचा वडा नम्बर ३ का सुकुम्वासी तथा भुमिहिन दलित तथा अव्यवस्थित बसोवासीहरु लाई जग्गा उपलव्ध गराउने नीति अनुसार सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक निस्सा वितरण गरिएको हो ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुगानाको अध्यक्षता तथा नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का सुकुम्वासी भुमिहिन तथा विपन्न नागरिकलाई स्वास्थ्य बिमा तथा निस्सा वितरण कार्यक्रम सम्पन्न गरियोे ।
वडा नम्बर ३ का ४सय १६ जनालाई जग्गाको निस्सा प्रदान गरिने तथा २ सय जना परिवारको स्वास्थ्य विमा गरिने लक्ष्य अनुसार केही मानिसहरुलाई निस्सा तथा स्वास्थ्य विमा कार्ड उपलव्ध गराइयो । लक्ष्य अनुसार सवैलाई उपलवध्य गराईने समेत कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुंगानाले जानकारी दिए ।
निस्सा तथा स्वास्थ्य विमा कार्ड कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैचा नगरपालिकाका प्रमुख ढकाल , उपप्रमुख धनमाया तामाङ ,वडाध्यक्ष ढुंगना लगायतले वितरण गरेका थिए ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक सम्मान , मातापिता सम्मान , गर्भवती महिलाहरुलाई पोसिलो खाना लगायतका लोकप्रिय कार्यक्रमहरु गर्दै वडावासीको हितका लागि कामहरु सञ्चालन गर्दै आएको पनी वडाध्यक्ष ढुंगानाले जानकारी दिए ।